नेभिगेशन
समाज

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

झापा । इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा सोमबार एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो ।सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरेका हुन ।

Extreme Energy
citizen life

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष धनबहादुर पन्धाकले बताए ।

सङ्घका महासचिव निरन खत्रीले सङ्घले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई रु एक लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिनुभएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको मौसमः केही स्थानमा  वर्षा र हिमपातको पूर्वानुमान

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली...
मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूको कार्यक्रमबीच गोली चलेको आवाज सुनिएपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको अमेरिकी अखबार द...
प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।  तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।