नेभिगेशन
मुख्य समाचार

विपीन जोशीः गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर । यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला ।

दुईवर्षदेखि विपीनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जिवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टी गरियो ।

Dish home
City Express

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यसपछि शसस्त्र प्रहरी बलको एक टुकुडीले विपिनलाई सलामी अर्पण गर्यो । इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल– हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरिएको जनाइएको छ ।

विपिन जिवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो । । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए ।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जिवित नभएको हमासले बताएको थियो । विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए । 

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए । राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्यिेष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ ।

शवयात्रामा जनप्रतिनिधी, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय...
राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

छलफल आगामी निर्वाचन र वर्तमान अवस्था सुल्झाउन केन्द्रीत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बालुवाटावरमा भैइरहेको छलफलमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महतले सहभागीता जनाएका छन्...
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताएकी हुन । त्यस्तै...