नेभिगेशन
समाज

विपीन जोशीः गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर । यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुईवर्षदेखि विपीनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जिवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टी गरियो ।

Ncell
Extreme Energy

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यसपछि शसस्त्र प्रहरी बलको एक टुकुडीले विपिनलाई सलामी अर्पण गर्यो । इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल– हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरिएको जनाइएको छ ।

विपिन जिवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो । । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए ।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जिवित नभएको हमासले बताएको थियो । विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए । 

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए । राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्यिेष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ ।

शवयात्रामा जनप्रतिनिधी, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै