नेभिगेशन
मुख्य समाचार

राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई अध्यक्ष नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसंग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन ।

Dish home
City Express

उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेताहरुलाई उस्तै–उस्तै नठान्न आग्रह समेत गरे ।

उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगाएत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरु सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको उनले बताए । उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरेर दोषिमाथि कडा कारवाही गर्नुपर्ने जिकिर गरेका थिए ।

त्यसैगरि अध्यक्ष नेपालले जेनजी पुस्ताहरुको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानविन हुनुपर्ने धारणा व्यक्त गरेका थिए । संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैपनि गर्न नहुने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय...
राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

छलफल आगामी निर्वाचन र वर्तमान अवस्था सुल्झाउन केन्द्रीत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बालुवाटावरमा भैइरहेको छलफलमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महतले सहभागीता जनाएका छन्...
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताएकी हुन । त्यस्तै...