नेभिगेशन
समाज

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दशै र तिहारकाबीचमा पनि सवै खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरुले राम्रो तयारी गरेको उनले बताए । त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उनले बताएका छन् । उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफुले काम गरेको उल्लेख गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन । यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टीम मैदानमा उत्रने उनले बताइन ।

नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...
बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले  विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्यु्त प्राधिकरणलाई निर्देशन दिएका छन् ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...