नेभिगेशन
मुख्य समाचार

राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुसंग प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटावरमा छलफल सुरु गरेकी छन् ।

छलफल आगामी निर्वाचन र वर्तमान अवस्था सुल्झाउन केन्द्रीत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बालुवाटावरमा भैइरहेको छलफलमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महतले सहभागीता जनाएका छन् ।

Dish home
City Express

त्यस्तै,नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम छलफलमा सहभागी छन् ।

राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, तमलोपाबाट सर्वेन्द्रनाथ शुक्लले सहभागीता जनाएका छन् । त्यस्तै, अन्यनेताहरुमा रेशम चौधरी, प्रेम सुवाल र चन्दन सिंहले छलफलमा सहभागीता जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भने, सरकारका तर्फबाट छलफलमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार सहभागी छन् । त्यस्तै पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिकले समेत छलफलमा सहभागीता जनाएका छन् ।

आगामी चुनावलाई सफल पार्न आयोजित राजनीतिक दलहरूसँगको संवादमा कार्यक्रममा चुनाव केन्द्रीत रहेर राजनीतिक दलको धारणा र सुझाव लिने तथा मतभेद सुल्झाउन छलफल केन्द्रीत रहने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय...
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले

मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताएकी हुन । त्यस्तै...
नेतृत्वको फैसला पार्टीको महाधिवेशले गर्नेः उपमहासचिव ज्ञवाली

नेतृत्वको फैसला पार्टीको महाधिवेशले गर्नेः उपमहासचिव ज्ञवाली

एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन । हालै...