नेभिगेशन
समाज

राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुसंग प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटावरमा छलफल सुरु गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफल आगामी निर्वाचन र वर्तमान अवस्था सुल्झाउन केन्द्रीत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बालुवाटावरमा भैइरहेको छलफलमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महतले सहभागीता जनाएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै,नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम छलफलमा सहभागी छन् ।

राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, तमलोपाबाट सर्वेन्द्रनाथ शुक्लले सहभागीता जनाएका छन् । त्यस्तै, अन्यनेताहरुमा रेशम चौधरी, प्रेम सुवाल र चन्दन सिंहले छलफलमा सहभागीता जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भने, सरकारका तर्फबाट छलफलमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार सहभागी छन् । त्यस्तै पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिकले समेत छलफलमा सहभागीता जनाएका छन् ।

आगामी चुनावलाई सफल पार्न आयोजित राजनीतिक दलहरूसँगको संवादमा कार्यक्रममा चुनाव केन्द्रीत रहेर राजनीतिक दलको धारणा र सुझाव लिने तथा मतभेद सुल्झाउन छलफल केन्द्रीत रहने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...