नेभिगेशन
समाज

जुवातास खेल्ने बाह्र जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।   

Ncell
Extreme Energy

यसैगरी,  सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा  प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ । उक्त स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

एक्स्काभेटर पुर्‍याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्न थालिएको छ ।
बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...