नेभिगेशन
मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा  मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ ।

तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले लाई जानकारी दिए ।

Dish home
City Express

उनले भने, “बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउदै गरेको बा।प्र।०२–०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक  पुतुवारको  सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।”

सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका–३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धमाधम छठ पर्वको तयारी सुरु

धमाधम छठ पर्वको तयारी सुरु

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरु यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले...
कुटपिटबाट युवकको मृत्यु

कुटपिटबाट युवकको मृत्यु

गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका  राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत...
८ वर्षदेखि एकापसमा भाइटीका लगाइरहेका  मदन र सुमन

८ वर्षदेखि एकापसमा भाइटीका लगाइरहेका  मदन र सुमन

“विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन...