नेभिगेशन
समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा  मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले लाई जानकारी दिए ।

Ncell
Extreme Energy

उनले भने, “बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउदै गरेको बा।प्र।०२–०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक  पुतुवारको  सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।”

सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका–३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

एक्स्काभेटर पुर्‍याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्न थालिएको छ ।
बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...