नेभिगेशन
समाज

भाइटीकामा आठ दुर्घटना: २५ जना घाइते

तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा १२ जना घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना भएको थियो ।  

Ncell
Extreme Energy

घाइते हुनेमा पोखरा महानगरपालिका–३२ बस्ने ४० वर्षीय रमेश आचार्य, तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६७ वर्षीय रनबहादुर थापा, सोही ठाउँ बस्ने मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका–२ बस्ने ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका–३ बस्ने ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने ५० वर्षीय सूर्यकला आचार्य रहेका छन् । 

घाइते सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३३ वर्षीय आशिष गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक बारबिसे गाउँपालिका–६ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन् । उहाँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

यस्तै, आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २१ प ३०७६ नम्बरको स्कुटर सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै रहेका छन् । 

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासे बस्ने ३० वर्षीय अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

आँबुखैरेनी गाउँपालिका–१  एक्लेफाँटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०२–०५८ प।२९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम परियार घाइते भएको प्रहरीले जनाएको छ । 

यसैगरी भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित भीमादबाट ऋषिङपाटन जाने भित्री सडकखण्डमा  भीमादबाट ऋषिङ पाटनतर्फ जाँदै गरेको ग ८ प १७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमृत परियार घाइते भएको प्रहरीले जनाएको छ । 

बन्दीपुर गाउँपालिका–१ पिप्लेमा म.प्र.०३–०४०प १६४१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।