नेभिगेशन
मुख्य समाचार

भाइटीकामा आठ दुर्घटना: २५ जना घाइते

तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा १२ जना घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना भएको थियो ।  

CG

घाइते हुनेमा पोखरा महानगरपालिका–३२ बस्ने ४० वर्षीय रमेश आचार्य, तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६७ वर्षीय रनबहादुर थापा, सोही ठाउँ बस्ने मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका–२ बस्ने ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका–३ बस्ने ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने ५० वर्षीय सूर्यकला आचार्य रहेका छन् । 

घाइते सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३३ वर्षीय आशिष गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक बारबिसे गाउँपालिका–६ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन् । उहाँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

यस्तै, आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २१ प ३०७६ नम्बरको स्कुटर सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै रहेका छन् । 

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासे बस्ने ३० वर्षीय अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

आँबुखैरेनी गाउँपालिका–१  एक्लेफाँटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०२–०५८ प।२९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम परियार घाइते भएको प्रहरीले जनाएको छ । 

यसैगरी भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित भीमादबाट ऋषिङपाटन जाने भित्री सडकखण्डमा  भीमादबाट ऋषिङ पाटनतर्फ जाँदै गरेको ग ८ प १७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमृत परियार घाइते भएको प्रहरीले जनाएको छ । 

बन्दीपुर गाउँपालिका–१ पिप्लेमा म.प्र.०३–०४०प १६४१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल...

भर्खरै