नेभिगेशन
मुख्य समाचार

चिसो बढेपछि लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

हुम्ला । अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको  नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।

लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको  र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् ।

CG

चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । तेइस जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ प्रहरी कार्यरत थिए ।

प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपछि चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताए ।  धारामा पानी जम्ने तथा तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उनले बताए ।  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ...
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
नेपालमै बनेको (प्रदर्शनी)

नेपालमै बनेको (प्रदर्शनी)