नेभिगेशन
समाज

एघार जना भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए । 

Ncell
Extreme Energy

यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए ।

यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् ।

कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । अरु नवलपरासी (वर्दघाट–सुस्ता) पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।

हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए । उनले भने, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...