नेभिगेशन
मुख्य समाचार

‘तेरो कारणले यो सबै बिग्रियो, तँ देश छोडेर जा भन्नुहुन्छ भने पनि म जान तयार छु’ – दुर्गा प्रसाईं

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । 

आइतबार काठमाडौंमा सम्पादकसंगको छलफलका क्रममा प्रसाईंले मुलुक निकै अप्ठेरो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका हुन् । उनले यसअघि आफुहरुले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्चाएर आफू सुध्रिन तयार भएको बताए । 

Dish home
City Express

आफ्ना कारणले मुलुकलाई अप्ठेरो परेको भए आफु देश छाडेर जान पनि तयार रहेको उनको भनाइ छ । ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

प्रसाईंले सरल भाषामा आफ्ना मागहरु सरोकारवालासमक्ष पुर्याउँदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नुपरेको बताए । 

उनले आफुले केवल देश र गरिव जनताका लागि बोल्दा समेत मुलधारका सञ्चारमाध्यमले आफुलाई कहिले राम्रो नदेखेको गुनासो गरे । 

त्यस्तै उनले अहिले गृहमन्त्रालयले आफुहरुको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी...
घाइतेहरुका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्थापन गर्ने मन्त्री शर्माको पहिलो निर्णय

घाइतेहरुका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्थापन गर्ने मन्त्री शर्माको पहिलो निर्णय

आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने...
खेलकुदमन्त्रीको पहिलो निर्णयः मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने

खेलकुदमन्त्रीको पहिलो निर्णयः मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरे ।
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

अन्तरराष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई...