नेभिगेशन
समाज

‘तेरो कारणले यो सबै बिग्रियो, तँ देश छोडेर जा भन्नुहुन्छ भने पनि म जान तयार छु’ – दुर्गा प्रसाईं

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा सम्पादकसंगको छलफलका क्रममा प्रसाईंले मुलुक निकै अप्ठेरो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका हुन् । उनले यसअघि आफुहरुले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्चाएर आफू सुध्रिन तयार भएको बताए । 

Ncell
Extreme Energy

आफ्ना कारणले मुलुकलाई अप्ठेरो परेको भए आफु देश छाडेर जान पनि तयार रहेको उनको भनाइ छ । ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

प्रसाईंले सरल भाषामा आफ्ना मागहरु सरोकारवालासमक्ष पुर्याउँदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नुपरेको बताए । 

उनले आफुले केवल देश र गरिव जनताका लागि बोल्दा समेत मुलधारका सञ्चारमाध्यमले आफुलाई कहिले राम्रो नदेखेको गुनासो गरे । 

त्यस्तै उनले अहिले गृहमन्त्रालयले आफुहरुको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।

भर्खरै