नेभिगेशन
मुख्य समाचार

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा । ओखलढुङ्गाको सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो ।

उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो ।

CG

दसैँ, दीपावलीलगायत पर्व मनाउन गाउँ फर्किएका अधिकांश मोलुङ गाउँपालिका–८ स्थित सुन्दर पर्यटकीयस्थल सेप्ली झरना घुम्न आउने गर्दछन् । अन्य समयमा छिटफुट मानिस आउने गरे पनि चाडपर्वको समयमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य हुने स्थानीय बताउँछन् ।

पर्यटकीय पूर्वाधार विकास योजनाअनुसार झरनालाई नजिकबाट नियाल्न गत वर्ष निर्माण गरिएको पुल यसै वर्ष क्षति भएपछि समस्या भएको स्थानीय दीपक राईले बताए ।

लामो समय मर्मत नगरिँदा जोखिम बढेको भन्दै उनले बालबालिका र वृद्धवृद्धा खोला पार गर्न नसक्ने हुँदा क्षतिग्रस्त पुलबाट जोखिम मोलेर वारपार गर्नुपरेको उल्लेख गरे ।

मोलुङ–८ की आशा राईले यस वर्ष पुल क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यात्रा गर्न जोखिमपूर्ण रहेको भन्ने सूचना प्रवाह हुँदा विगतको तुलनामा सेप्ली आउने पर्यटकको सङ्ख्या घटेको बताए ।

नजिकैसम्म यतायातको पहुँच भए पनि वर्षामा अवरुद्ध भएको सडक स्तरोन्नति नगरिँदा सवारीमा सेप्ली जाने पर्यटकलाई समस्या हुने गरेको उनको भनाइ छ ।

झोलुङ्गे पुलमा परेको प्वालका कारण जोखिम बढिरहेको अवस्थामा तत्काल मर्मत नगरिएको भन्दै स्थानीयले जनप्रतिनिधिको आलोचना गरिरहेका छन् । मोलुङ–८ का वडाध्यक्ष सुधीर राईले वर्षायाममा सडक अवरुद्ध भएको बताउँदै मर्मतका लागि आवश्यक सामग्री पुलसम्म पुर्‍याउन नसक्दा काम अघि बढ्न नसकेको बताए ।

केही दिनमा सडक सञ्चालन भएपछि पुल मर्मत सुरु गर्ने तयारी भइरहेको उनले उल्लेख गरे । सुन्दर र आकर्षक भएकाले सेप्ली झरना जिल्लाको एक आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

मोलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य भए पनि आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा सेप्ली ओझेलमा छ । ओखलढुङ्गाका पोकली, रातमाटे र सेप्लीलगायत चर्चित झरनामा असोज, कात्तिकको समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै