नेभिगेशन
मुख्य समाचार

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आइतबार प्रशंसा पदक प्रदान गरेका हुन ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Dish home
City Express

अन्तरराष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई प्रशंसा निशानद्वारा सम्मान गरिएको हो ।

गत असोज १७ गतेबाट  २६ गतेसम्म  बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।
शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ठहरबहादुर नाताले...
निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

माओवादी केन्द्र गोरखाको आयोजनामा आइतबार सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए । केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले...

भर्खरै