नेभिगेशन
मुख्य समाचार

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

काठमाडौँ । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ । 

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो । 

CG

अधिवक्ता प्रतिभा उप्रेतीले यही कात्तिक २ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने कुनै गुञ्जायस नै नभएको अवस्थामा राजदूत नियुक्ति संविधानतः हुन सक्ने अवस्था नै नभएकाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

अदालतको आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ लिई आउनुहोला ।”

सरकारले गत असोज ३० गते कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता बोलाइएका राजदूतमा चीनका प्राडा कृष्णप्रसाद ओली, जर्मनीका डा शैल रुपाखेती, इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जङ्गबहादुर चौहान, साउदी अरबका नरेश विक्रम  ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदी रहनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...

भर्खरै