नेभिगेशन
समाज

आज रातिदेखि दुई दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबार राति हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस प्रणालीको प्रभावले सोमबार रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

Ncell
Extreme Energy

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...

भर्खरै