नेभिगेशन
मुख्य समाचार

आज रातिदेखि दुई दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबार राति हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभावले सोमबार रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

Dish home
City Express

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गृहमन्त्री अर्याल जनकपुरधाममा

गृहमन्त्री अर्याल जनकपुरधाममा

दुई दिनका लागि जनकपुर पुगेका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत रहेका छन् । टोलीले जनकपुरधामको विभिन्न...
छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो(तस्बिरहरु)

छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो(तस्बिरहरु)

छठ पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ ठाउँ निर्धारण गरेको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

मिथिलाका सबै घाटमा बर्तालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन् । गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक...
प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् । उनले...