नेभिगेशन
मुख्य समाचार

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

झापा । झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा महिला गोल्डकपले सोमबार  खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ ।

CG

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते तथा दोस्रो सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ । प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । यहाँ १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट समेत बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने उक्त प्रतियोगिताको विजेताले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई रु १५ हजार र ट्रफी प्रदान गरिनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ललितपुर महानगरपालिकाले मनायो आफ्नो १०७ औं स्थापना दिवस(तस्बिरहरु)

ललितपुर महानगरपालिकाले मनायो आफ्नो १०७ औं स्थापना दिवस(तस्बिरहरु)

ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको छ ।
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख...
सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा सरकार केन्द्रित छः प्रधानमन्त्री कार्की

सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा सरकार केन्द्रित छः प्रधानमन्त्री कार्की

बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेकाले सुशासन र आगामी...
एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

एमाले महाधिवेशनः मध्याह्न १२ बजेसम्म करिब ४ सय प्रतिनिधिले गरे मतदान

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार एमालेको १९...