नेभिगेशन
समाज

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

महोत्तरी । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिथिलाका सबै घाटमा बर्तालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन् । गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।    

Ncell
Extreme Energy

छठ पर्व मनाउनका लागि सम्पूर्ण मिथिलावासी आज आआफ्ना घरमा गुलियो परिकार ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकियामा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए । 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । 

यस पर्वको पहिलोदिन बर्तालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन खरना मनाइएको थियो । खरनाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाएका थिए । 

यस पर्वलाई बर्तालुहरुले भोलि मङ्गलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेको क्रम दोहोर्‍याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।