नेभिगेशन
मुख्य समाचार

गैर आवासीय नेपाली संघद्वारा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ ।

मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ  र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन ।

CG

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरेका थिए । उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक बिकासको चित्रण गर्ने बताए ।

उनले जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गरेका थिए । नियम नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउदा नियम मान्नेहरुलाई सम्मान गरिने उनले बताए ।

उनले मादक पदार्थ सेवक गरेर सार्वजनिक सवारी साधान चलाउने काम किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै मासपले अभियान निरन्तर सञ्चालन हुने जानकारी दिए । त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए ।

अब छिटै ब्रेथलाइजर  हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुमलाई गैरआवासीय नेपाली संघको सहयोगमा पुननिर्माण गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै