नेभिगेशन
समाज

आगामी पुसमा बाघ गणना गरिने

चितवन । आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

Ncell
Extreme Energy

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका  वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ ।

गैँडा गणना गर्न तीन साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ ।  गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले रु १८ लाख विनियोजन गरेको छ । यसका लागि रु एक करोड  ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले रु १८ लाख नै विनियोजन गरेको छ ।

गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ ।

त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिए । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए । 

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो ।

नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...

भर्खरै