नेभिगेशन
समाज

एनआरएनएको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ  र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ ।

CG

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे । उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक बिकासको चित्रण गर्ने बताए । उनले जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गरे । नियम नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउँदा नियम मान्नेहरुलाई सम्मान गरिने उनले बताए । उनले मादक पदार्थ सेवक गरेर सार्वजनिक सवारी साधन चलाउने काम किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै मासपले अभियान निरन्तर सञ्चालन हुने जानकारी दिए । 

त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब छिटै ब्रेथलाइजर  हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए । 

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुमलाई गैरआवासीय नेपाली संघको सहयोगमा पुननिर्माण गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ बरफ काटेर पाँच दिनपछि खुल्यो नार्पु जाने बाटो, मतदाता गाउँ फर्किँदै

मनाङ बरफ काटेर पाँच दिनपछि खुल्यो नार्पु जाने बाटो, मतदाता गाउँ फर्किँदै

नार्पा भूमिमा सबै गरी ४ सय ८८ जना मतदाता छन्। पाँचवटा मतदान केन्द्र रहेको उक्त गाउँपालिका पुग्न मनाङ सदरमुकाम चामेबाट कम्तिमा दुई दिन पैदल हिँड्नुपर्छ।
लिचिबारी जग्गा घुस मुद्दामा पूर्वमन्त्री रञ्जितालाई धरौटीमा छाड्न आदेश

लिचिबारी जग्गा घुस मुद्दामा पूर्वमन्त्री रञ्जितालाई धरौटीमा छाड्न आदेश

आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
रास्वपाले अब घण्टी बजाउँदै प्रचार गर्न नपाउने, भौतिकरुपमा चिह्न बोक्न रोक

रास्वपाले अब घण्टी बजाउँदै प्रचार गर्न नपाउने, भौतिकरुपमा चिह्न बोक्न रोक

विषेशगरी रास्वपाले चुनाव चिन्ह् घण्टी भौतिकरुपमा प्रयोग गर्दै आएको थियो । आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन ।