नेभिगेशन
मुख्य समाचार

एनआरएनएको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ । 

मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ  र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ ।

Dish home
City Express

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे । उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक बिकासको चित्रण गर्ने बताए । उनले जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गरे । नियम नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउँदा नियम मान्नेहरुलाई सम्मान गरिने उनले बताए । उनले मादक पदार्थ सेवक गरेर सार्वजनिक सवारी साधन चलाउने काम किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै मासपले अभियान निरन्तर सञ्चालन हुने जानकारी दिए । 

त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब छिटै ब्रेथलाइजर  हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए । 

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुमलाई गैरआवासीय नेपाली संघको सहयोगमा पुननिर्माण गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...
सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा...

भर्खरै