नेभिगेशन
समाज

समय अगावै परेको हिमपातले किसान र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । मंगलबार बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ । अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् । जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्‍याएको थियो । यहाँ यस वर्ष समून्द्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको हो । मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ । 

Extreme Energy
citizen life

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छभने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ । मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन् । 

उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ । स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ । यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरु सकसमा परेका छन् । वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्‍याएको छ । 

मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ । जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रु सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिए । 

प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भनेर अनुरोध गरेको बताइएको छ । अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाइ छ ।

वडाध्यक्ष गुरुङले हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भए तापनि यस वर्ष कात्तिकमै हिउँ पर्दा आश्चर्य तुल्याएको बताए । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पुर्‍याएको वडाध्यक्ष गुरुङको भनाइ छ । 

मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट अन्तिम चरणमा पुगेको छ । स्याउको पोस्ट हार्भेस्ट सकिएलगत्तै मङ्सिरमा यहाँका स्याउका बोट पात झरेर उजाड हुन्छन् । “स्याउको पात झर्ने बेला यसप्रकारको हिउँ परेको भए राम्रो हुन्थ्यो, केही छिटो हिउँ पर्‍यो”, वडाध्यक्ष गुरुङले भने, “तैपनि हिउँले आशिंक असर पुर्‍याए पनि समग्रमा अहिले परेको हिउँले कृषक, पर्यटन व्यवसायी र जैविक विविधतालाई राम्रो फाइदा पुगेको छ ।”

यस वर्ष कात्तिकमा नै परेको हिउँले उच्चलेकको चरन क्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डा लालमणि अर्यालले जानकारी दिए । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्चलेक चरन क्षेत्रमा घाँस पलाउन छोडेको र अनधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकामा यस वर्षको हिउँले पशुपालकका लागि चरन क्षेत्र सहज हुने अपेक्षा उनले गरे । 

अनुकूल मौसममा हिउँ नपर्दा उच्चलेकका वन्यजन्तु आहाराको खोजीमा बस्ती नजिक आउने गर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको थियो । चरन क्षेत्रमा पर्याप्त मात्रामा घाँस पलाउन सकेमा पशुपालक र वन्यजन्तुका लागि राम्रो हुने डा अर्यालले उल्लेख गरे ।
 
यसैगरी यस वर्षको हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङको भनाइ छ । स्याउ हार्भेस्ट सकेर अर्को महिना स्याउ बगैँचा व्यवस्थापन गर्ने पूर्वसन्ध्यामा परेको हिउँ किसानका लागि बरदान साबित भएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । उहाँका अनुसार हिमपातले कृषकको अन्नबाली उत्पादन गर्ने जमिनको माटोलाई मुलायम बनाउने र यसले जमिनको भित्री तहसम्म ‘रिचार्ज’ गर्ने भएकाले कृषि उपजका लागि हिउँ पर्नु शुभ सङ्केत मानिएको उनको भनाइ छ । 

हिउँदयामको पूर्वसन्ध्यामा परेको हिउँले स्याउ, उवा, फापर, जौ, मकैलगायतका अन्नबाली उत्पादनमा सिँचाइको काम गर्ने जनाइएको छ । हिउँले यहाँको रैथानेबालीमा लाग्ने रोगकिराको सङ्क्रमणलाई समेत न्यूनीकरण गर्ने भएकाले उत्पादन क्षमता पनि अभिवृद्धि गर्ने केन्द्र प्रमुख गुरुङको भनाइ छ ।
 
यस वर्ष थप दुई/तीन पटक यही हिसाबले हिउँ परेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने मुक्तिनाथस्थित होटल ग्रान्ड साम्वलाका सञ्चालक सुरज गुरुङले जनाए । विगत तीन वर्षदेखि मुस्ताङमा राम्ररी हिउँ नपर्दा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न नसकिएको सञ्चालक गुरुङको भनाइ छ । नेपाल स्की सङ्घले तीन वर्षअघि लगातार तीन संस्करणमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरिसकेको गुरुङले जानकारी दिए । “यहाँ तीन वर्षदेखि हिउँ राम्ररी परेको थिएन, यो वर्ष कात्तिकमै हिउँ पर्न थालेको छ”, सञ्चालक गुरुङले भने, “यस्तै रफ्तारले हिउँ पर्दै गएमा स्की प्रतियोगिता आयोजना गर्न सकिन्छ होला, पर्याप्त हिउँ जमेमा मुक्तिनाथ पाखोमा स्की टोलीलाई खबर गर्नेछौँ ।”

यहाँ भइरहेको हिमपातले पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गरेका छन् । हिउँ खेल्न र हिउँसँगै रमाउन पर्यटक मुस्ताङ आउनसक्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने अध्यक्ष ठकुरीको भनाइ छ । अध्यक्ष गुरुङले भने, “हिउँ छिटो परेकाले जमिनमा अडिन समय लाग्न सक्छ, यस्तै तरिकाले दुई/तीन दिनसम्म हिउँ परेमा यहाँका बस्ती र डाँडा झनै सेताम्मे हुने भएकाले हिउँ निरन्तर पर्नुपर्ने आवश्यकता रहेको छ”, ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

एउटा सर्वव्यापी मान्यता छ– साथी रोज्न पाइन्छ तर, छिमेकी रोज्न पाइँदैन । देशका लागि त छिमेकी रोज्ने विषय कल्पनासमेत गर्न सकिँदैन । यो कुरा ठ्याक्कै नेपालसँग मिल्छ ।
सञ्चार मन्त्रालयअन्तर्गत ९ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त

सञ्चार मन्त्रालयअन्तर्गत ९ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गतका विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, आयोग तथा समितिका पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन्...
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने स्पष्ट पारेको छ । संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको...
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...