नेभिगेशन
मुख्य समाचार

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

बागलुङ । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।  

तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै भवन नहुनु दुःखद रहेको भन्दै स्थानीयको अगुवाइमा धाकखोलामा सात रोपनी जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन निर्माण अलपत्र जस्तै बनेको हो । 

CG

गाउँपालिकाका अध्यक्ष राजु थापाको समन्वयमा रु सात लाख र तङ्ग्रामकै पूर्ववडाध्यक्ष केशव थापाको व्यक्तिगत रु तीन लाख गरी रु १० लाखमा जग्गा खरिद गरेर सङ्घीय सरकारको रु ३८ लाखमा भवन निर्माण थालिए पनि गत असारदेखि काम ठप्प छभने भवन अहिले अलपत्र जस्तै देखिएको छ । 

सङ्घीय सरकारको रु ३८ लाख लागतमा उपभोक्ता समितिमार्फत भवन निर्माण थाले पनि गत वर्ष चैतमा मात्रै गाउँपालिकासँग सम्झौता गर्दा पूरै बजेटसमेत खर्च गर्न नसक्दा समस्या भएको जग्गा व्यवस्थापक तथा पूर्ववडाध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्यचौकी नबन्दा थापाले जनताको सेवाका लागि आफ्नो कार्यकालमा रु ३३ लाख खर्चेर निर्माण गरेको पाहुनाघरमा स्वास्थ्य चौकीको सेवा प्रवाह भइरहेको जानकारी दिए । 

विसं २०८१ चैत ३१ गते सम्झौता भएर असारमा काम सक्नुपर्ने भएकाले रु ३८ लाख बजेटमा जम्मा रु ३३ लाख ६५ हजार मात्रै खर्च भएको थापाले बताए । “काठखोलामा आफ्नै स्वास्थ्यचौकी नभएको तङ्ग्राममा मात्रै हो, त्यसैले जसरी पनि स्वास्थ्यचौकी बनाउनुपर्छ भनेर लागियो, रु १० लाखमा सात रोपनी जग्गा मेरै अगुवाइमा व्यवस्थापन भयो, तर सङ्घीय सरकारले स्वास्थ्यचौकी निर्माणका लागि पठाएको बजेट गाउँपालिकाले ढिलो सम्झौता गर्दा सबै बजेट कार्यान्वयन भएन”, थापाले भने, “तङ्ग्राम ठूलो गाउँमा आफू वडाध्यक्ष हुँदा निर्माण गरेको पाहुना घरमा स्वास्थ्य चौकीको सेवा दिइरहेका छौँ, यसअघि सामुदायिक भवनमा थियो, गाउँपालिकाले समेत यस वर्ष बजेट विनियोजन नगर्दा स्वास्थ्यचौकी भवन अलपत्र पर्‍यो ।” 

गाउँपालिकाले ठेक्कामा लैजाने भन्दै रोकेर गत चैत ३१ गते उपभोक्ता समितिलाई सम्झौता गर्दा रात दिन लगाएर तीन महिनामा एक तला पक्की र एक तला जस्ताले छाए पनि अन्य काम गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष दीपक परियारले जानकारी दिए । 

चालु आर्थिक वर्षमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट व्यवस्थापन नभएकाले स्वास्थ्यचौकी भवन यस वर्षसमेत अधुरै हुने देखिएको छ । गाउँपालिका अध्यक्ष थापाले प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट आउने आशा भए पनि आउन नसक्दा काम अधुरै रहेको बताए ।

उनले प्रदेश सरकारमा अझै पहलकदमी भइरहेको र चालु आर्थिक वर्षमा बजेट नआउने देखिएमा गाउँपालिकाले हिउँदेसभाबाट भए पनि बजेट संशोधन गरेर स्वास्थ्यचौकीको भवन पूरा गर्ने प्रतिबद्धता जनाए । 

स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा चुनौती भएको तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीका प्रमुख गणेश शर्माले जानकारी दिए । स्वास्थ्य केन्द्रमा अहिले बर्थिङ सेन्टर र प्रयोगशालासमेत सञ्चालनमा छ । पाहुना घर सञ्चालनका लागि ल्याइएका लाखौँका सामग्रीसमेत अहिले प्रयोगविहीन भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै