नेभिगेशन
समाज

विप्लवद्वारा पार्टीको नाम‘कम्युनिष्ट पार्टी नेपाल’ प्रस्ताव

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार आयोगमा निवदेन दर्ता गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

Ncell
Extreme Energy

जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उनले बताए । उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चूनौति र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखेका थिए ।

यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको उनले बताए । विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसंगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । कानूनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने उनले बताए ।

उनले सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन विथोलिन सक्ने भएकाले आयोग यसप्रति सहज रहेको धारणा व्यक्त गरेका थिए । विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
आजको विदेशी मुद्राको विनिमयदर :  अमेरिकी डलरको भाउ १५३.४४  रुपैयाँ पुग्यो

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५३.४४ रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४...