नेभिगेशन
मुख्य समाचार

नुवाकोटका किसानलाई धान भित्र्याउन हतार नगर्न कृषिविज्ञको आग्रह

नुवाकोट । नुवाकोटका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि मंगलबार किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन् ।

CG

कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन् । अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ ।

यसअघि कृषि कार्यालयले मंगलबारदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो । पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...