नेभिगेशन
मुख्य समाचार

जेनजी संघर्ष समितिद्वारा सर्वपक्षीय अन्तरिम सरकारको अवधारणा सार्वजनिक

काठमाडौँ । जेनजीको आह्वानमा भएको जनआन्दोलन २०८२ को समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकारको अवधारणा सार्वजनिक गरेको छ ।

संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि सर्वपक्षीय अन्तरिम सरकारसहितको अवधारणा सार्वजनिक गरेको हो ।

Dish home
City Express

सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि सबै राजनीतिक दल, नागरिक समाज र जेन–जी आन्दोलनका प्रतिनिधिहरु सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने आफुहरुको प्रस्ताव रहेको संघर्ष समितिका सदस्य लेनिन विष्टले जानकारी दिए ।

उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने बिष्टले बताएका छन् । अन्तरिम सरकारको कार्यावधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहने आफुहरुको प्रस्ताव रहेको उनको भनाई छ ।

प्रमुख जिम्मेवारीहरूः यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने संघर्ष समितिले जनाएको छ ।
अन्तरिम सरकारको कार्यकाल समाप्तिपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने समेत समितिको अवधारणामा उल्लेख छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा...
बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना...