नेभिगेशन
समाज

हिमपातका कारण मनाङमा फसेका पर्यटकहरुको उद्धार गरिदैं

काठमाडौँ । वर्षा र त्यसपछिको भारी हिमपातका कारण तिलिचो बेस क्याम्पमा फसेका पर्यटकको उद्धार गर्न थालिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारदेखि मौसममा आएको परिर्वतनले यस वर्ष समय अगावै वर्षा र त्यसपछिको भारी हिमपातले गर्दा हिमाली जिल्ला मनाङ र मुस्ताङ घुम्न गएका पर्यटक भारी हिमपातका कारण सडक संजाल अवरुद्ध भएकापछि बिचबाटोमै अलपत्र परेका हुन ।

Ncell
Extreme Energy

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख अधिकारी नवराज पौडेका अनुसार मनाङ घुम्न आएका पर्यटक भारी हिमपातका कारण बिचबाटोमै अलपत्र परेको बताएका छन् । उनले भने, ‘तीन तहको सुरक्षा निकायको पहलमा अहिले तिलिचो बेस क्याम्पमा रहेका पर्यटकहरुलाई फर्किने वातावरण बनाउँदैछौँ । हामीहरु अहिले अवरुद्ध बाटो खुलाउदै खान्सारमा पुगेका छौँ ।’

त्यस्तै, हिमपातका कारण मनाङमा फसेका पर्यटकको उद्धार र अवरुद्ध बाटो खुलाउन नयाँ भैरवी दल गुल्म मनाङका सेनानी अनील थापा, जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी प्रमुख हरि पौडेल, सशस्त्रप्रहरी बलका डीएसपी धुर्व रेग्मी लगाएको नेतृत्वमा खटिएको छ ।

विदा मनाउँन मनाङ र मुस्ताङ पुगेका पर्यटकहरु भारी हिमपातका कारण सडक संजाल अवरुद्ध भएपछि तिलिचो बेस क्याम्पमै अड्कीएका हुन । अझै केहिदिन मौसम यथावत रहन सक्ने भएकाले तिलिचो बेस क्याम्पमा रहेका पर्यटकलाई सुरक्षीत स्थानतर्फ सार्ने र गन्तव्यमा पुर्याउन कार्य भैइरहेको जिल्ला प्रमुख अधिकारी पौडेलले सिधाकुरालाई बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।

भर्खरै