नेभिगेशन
मुख्य समाचार

हिमपातका कारण मनाङमा फसेका पर्यटकहरुको उद्धार गरिदैं

काठमाडौँ । वर्षा र त्यसपछिको भारी हिमपातका कारण तिलिचो बेस क्याम्पमा फसेका पर्यटकको उद्धार गर्न थालिएको छ ।

सोमबारदेखि मौसममा आएको परिर्वतनले यस वर्ष समय अगावै वर्षा र त्यसपछिको भारी हिमपातले गर्दा हिमाली जिल्ला मनाङ र मुस्ताङ घुम्न गएका पर्यटक भारी हिमपातका कारण सडक संजाल अवरुद्ध भएकापछि बिचबाटोमै अलपत्र परेका हुन ।

CG

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख अधिकारी नवराज पौडेका अनुसार मनाङ घुम्न आएका पर्यटक भारी हिमपातका कारण बिचबाटोमै अलपत्र परेको बताएका छन् । उनले भने, ‘तीन तहको सुरक्षा निकायको पहलमा अहिले तिलिचो बेस क्याम्पमा रहेका पर्यटकहरुलाई फर्किने वातावरण बनाउँदैछौँ । हामीहरु अहिले अवरुद्ध बाटो खुलाउदै खान्सारमा पुगेका छौँ ।’

त्यस्तै, हिमपातका कारण मनाङमा फसेका पर्यटकको उद्धार र अवरुद्ध बाटो खुलाउन नयाँ भैरवी दल गुल्म मनाङका सेनानी अनील थापा, जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी प्रमुख हरि पौडेल, सशस्त्रप्रहरी बलका डीएसपी धुर्व रेग्मी लगाएको नेतृत्वमा खटिएको छ ।

विदा मनाउँन मनाङ र मुस्ताङ पुगेका पर्यटकहरु भारी हिमपातका कारण सडक संजाल अवरुद्ध भएपछि तिलिचो बेस क्याम्पमै अड्कीएका हुन । अझै केहिदिन मौसम यथावत रहन सक्ने भएकाले तिलिचो बेस क्याम्पमा रहेका पर्यटकलाई सुरक्षीत स्थानतर्फ सार्ने र गन्तव्यमा पुर्याउन कार्य भैइरहेको जिल्ला प्रमुख अधिकारी पौडेलले सिधाकुरालाई बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आईपीओको सन्दर्भमा उठेका प्रश्नबारे  छानबिन गर्न निर्देशन दिँदै बोर्डलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टङ्कप्रसाद पाण्डेयले सिधाकुरालाई बताए । ‘ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार...
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ः०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको जनाएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...