नेभिगेशन
मुख्य समाचार

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । 

Dish home
City Express

उक्त प्रणाली सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।

यस्तै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने भारी हिमपातको सम्भावना समेत रहेको छ ।

उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको विभागले जनाएको छ । कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ । 

विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ । 

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने जनाउँदै विभागले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा...
हिमपातका कारण मनाङमा फसेका पर्यटकहरुको उद्धार गरिदैं

हिमपातका कारण मनाङमा फसेका पर्यटकहरुको उद्धार गरिदैं

सोमबारदेखि मौसममा आएको परिर्वतनले यस वर्ष समय अगावै वर्षा र त्यसपछिको भारी हिमपातले गर्दा हिमाली जिल्ला मनाङ र मुस्ताङ घुम्न गएका पर्यटक भारी हिमपातका कारण सडक संजाल अवरुद्ध...