नेभिगेशन
मुख्य समाचार

सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’सँग छलफल गर्ने

काठमाडौँ । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ पुस्तासहित छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए ।

Dish home
City Express

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।

लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ । निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए ।

सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आफ्नो तेस्रो कार्यकालका लागि संविधान बाधक बनेको प्रति ट्रम्पको चिन्ता

आफ्नो तेस्रो कार्यकालका लागि संविधान बाधक बनेको प्रति ट्रम्पको चिन्ता

संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भने, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको...
तस्बिरमा पोखराको महेन्द्र गुफा

तस्बिरमा पोखराको महेन्द्र गुफा

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दू धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति र आकृति देख्न सकिन्छ । गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य...
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए। “फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ ।...
सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु...