नेभिगेशन
समाज

संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतको एनेक्स भवनको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा रिट निवेदक डा प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका हुन । त्यसैगरी, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शेरबहादुर केसीले बहसमा सहभागी जनाएका छन् ।

Ncell
Extreme Energy

वर्तमान अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ प्रतिनिधिसभा विघटन गरेका थिए । अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद पुनःस्थापना समेतमा परमादेश माग गर्दै  सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दायर भएका छन् । उक्त रिट निवेदनमाथि बुधबारदेखि प्रारम्भिक सुनुवाइ भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल, अधिवक्ता आभाष पोखरेल, ओमप्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...
भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही  भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन्...

भर्खरै