नेभिगेशन
मुख्य समाचार

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा खटियो सशस्त्रको टोली

काठमाडौँ । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

बुधबार बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Dish home
City Express

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासी चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन् । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।