नेभिगेशन
समाज

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघसंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए । 

Ncell
Extreme Energy

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । उनले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिए । केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै हुने उनको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभि सञ्चालका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरुले राज्यले आफुहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै