नेभिगेशन
मुख्य समाचार

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । 

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघसंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए । 

Dish home
City Express

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । उनले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिए । केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै हुने उनको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभि सञ्चालका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरुले राज्यले आफुहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।