नेभिगेशन
मुख्य समाचार

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानहरुबाट सुनको सिक्री चोरी तथा लुटपाट कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक नगरपालिका ५ बस्दै आएका २८ वर्षका राज लामा र उदयपुरको ताप्लेगाउँपालिका ४ घरभइ भक्तपुरमा बस्दै आएका बिशाल भन्ने दुर्ग बहादुर मगर रहेका छन् ।

CG

उनीहरु दुइ जनाले विभिन्न समयमा काठमाडौँ लगायत आसपासका क्षेत्रमा मोटरसाइकलमा जाने र सुनका सिक्री लुटेर ल्याउने गरेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य तीन जना भने चोरी तथा लुटपाट गरेर ल्याएको सुन खरिद बिक्रीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुल्नमा आएको छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घरभई भक्तपुर बस्दै आएका ३२ वर्षका दिल बहादुर बि.क,  बागलुङको गल्कोट नगरपालिका २ घरभई हाल काठमाडौको बूढानीकण्ठ नगरपालिका ६ मा बस्दै आएका गोविन्द सुनार र कैलालीको लम्की चुहा नगरपालिका ७ घरभई हाल काठमाडौँ २२ मा बस्दै आएका २२ वर्षका दिपेश रसाईली भने उनीहरु दुइ जनाले लुटपाट तथा चोरी गरेर ल्याएको सुन खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पक्राउ परेको उनीहरु पाँच जनाको साथबाट पाँच लाख ५४ हजार ५ सय नगद, सात तोला ४८ लाल सुन, आइफोन सामसुङ लगाएत विभिन्न ब्राण्डका दशथान मोवाइलसेट र चोरीमा प्रयोग भएका दुइ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएको एक महिना देखि काठमाडौँ र आसपासका विभिन्न क्षेत्रमा चोरी लुटपाट भैइरहेको उजुरी तथा सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट पाँचै जनालाई आठदिनको थुनछेक म्यादलिइ उनीहरुमाथि थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै