नेभिगेशन
समाज

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानहरुबाट सुनको सिक्री चोरी तथा लुटपाट कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक नगरपालिका ५ बस्दै आएका २८ वर्षका राज लामा र उदयपुरको ताप्लेगाउँपालिका ४ घरभइ भक्तपुरमा बस्दै आएका बिशाल भन्ने दुर्ग बहादुर मगर रहेका छन् ।

Ncell
Extreme Energy

उनीहरु दुइ जनाले विभिन्न समयमा काठमाडौँ लगायत आसपासका क्षेत्रमा मोटरसाइकलमा जाने र सुनका सिक्री लुटेर ल्याउने गरेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य तीन जना भने चोरी तथा लुटपाट गरेर ल्याएको सुन खरिद बिक्रीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुल्नमा आएको छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घरभई भक्तपुर बस्दै आएका ३२ वर्षका दिल बहादुर बि.क,  बागलुङको गल्कोट नगरपालिका २ घरभई हाल काठमाडौको बूढानीकण्ठ नगरपालिका ६ मा बस्दै आएका गोविन्द सुनार र कैलालीको लम्की चुहा नगरपालिका ७ घरभई हाल काठमाडौँ २२ मा बस्दै आएका २२ वर्षका दिपेश रसाईली भने उनीहरु दुइ जनाले लुटपाट तथा चोरी गरेर ल्याएको सुन खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पक्राउ परेको उनीहरु पाँच जनाको साथबाट पाँच लाख ५४ हजार ५ सय नगद, सात तोला ४८ लाल सुन, आइफोन सामसुङ लगाएत विभिन्न ब्राण्डका दशथान मोवाइलसेट र चोरीमा प्रयोग भएका दुइ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएको एक महिना देखि काठमाडौँ र आसपासका विभिन्न क्षेत्रमा चोरी लुटपाट भैइरहेको उजुरी तथा सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट पाँचै जनालाई आठदिनको थुनछेक म्यादलिइ उनीहरुमाथि थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
केही अवाराहरू पार्टी अफिसको क्यान्टिनमा चियासमोसा खाँदै मलाई हटाउन लागेका छन् : ओली

केही अवाराहरू पार्टी अफिसको क्यान्टिनमा चियासमोसा खाँदै मलाई हटाउन लागेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनर्गठन पक्षधरप्रति फेरि आक्रामक बनेका छन् ।