नेभिगेशन
मुख्य समाचार

एमाले विरुद्ध विद्रोह र नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसक्योः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गरेका हुन ।

Dish home
City Express

उनले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा व्यक्त गरेका थिए । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उनले बताए । उनले एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नरहेको उल्लेख गर्दै विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसकेको जिकिर गरेका थिए ।

अध्यक्ष नेपालले जेनजी आन्दोलनका क्रममा परिस्थीतिलाई ठिक ढंगले मूल्याङ्कन गर्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । जेनजी युवाहरु आफ्नो पार्टीसंग निरन्तर सम्वाद र छलफलमा रहेको भन्दै उनले उनीहरुको मागप्रति पार्टीको पूर्णरुपमा समर्थन रहेको बताएका छन् ।

अध्यक्ष नेपालले संविधानको देश रक्षा गर्दै विदेशीको हस्तक्षेपबाट जोेगाउन सरकार अघि बढे सरकारलाई सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । शुक्रबारसम्म चल्ने बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

भर्खरै