नेभिगेशन
समाज

एमाले विरुद्ध विद्रोह र नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसक्योः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गरेका हुन ।

Ncell
Extreme Energy

उनले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा व्यक्त गरेका थिए । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उनले बताए । उनले एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नरहेको उल्लेख गर्दै विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसकेको जिकिर गरेका थिए ।

अध्यक्ष नेपालले जेनजी आन्दोलनका क्रममा परिस्थीतिलाई ठिक ढंगले मूल्याङ्कन गर्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । जेनजी युवाहरु आफ्नो पार्टीसंग निरन्तर सम्वाद र छलफलमा रहेको भन्दै उनले उनीहरुको मागप्रति पार्टीको पूर्णरुपमा समर्थन रहेको बताएका छन् ।

अध्यक्ष नेपालले संविधानको देश रक्षा गर्दै विदेशीको हस्तक्षेपबाट जोेगाउन सरकार अघि बढे सरकारलाई सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । शुक्रबारसम्म चल्ने बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै