नेभिगेशन
समाज

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि जगदीश खरेलले जानकारी दिएका छन् ।

Ncell
Extreme Energy

बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट बिषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यहि कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

बैठकले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको खरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै