नेभिगेशन
मुख्य समाचार

बालुवाटार छलफलमा रास्वपाबाट उपसभापति वाग्ले र जेनजी उमेरकी नेता डाँगी सहभागी

काठमाडौँ । प्रधानमन्त्रीले आह्वान गरेको त्रिपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ । 

जेनजी आन्दोलन पछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले पहिलो पटक आज सरकार, दल र जेनजी प्रतिनिधि एकैसाथ रहेर बिमर्श गर्नेगरी छलफल आयोजना गरेकी थिइन् । 

Dish home
City Express

बैठकमा सरकार, सबै राजनीतिक दलका दोस्रो तहका नेताको नेतृत्वमा अर्का एक नेता र जेनी अगुवाहरु सहभागी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा स्वर्णिम वाग्ले र पूर्व सांसद निशा डाँगी सहभागी छिन् । डाँगी उमेर समूहका हिसाबले रास्वपाकी सांसद समेत बनिसकेकी जेनजी पनि हुन् ।

त्यस्तै जेनजी प्रतिनिधिहरुको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगरको नाम समावेश छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

भर्खरै