नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुनेः प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

वीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका बिषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन ।

Dish home
City Express

उनले चैत्र–बैशाखसम्म महाधिवशेन गर्ने गरि अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिएका हुन । महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गरेका छन् ।

पार्टीभित्र केहि नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता महतले शासन सत्ता सञ्चालन गर्ने क्रममा भएको कमजोरी र अन्तराष्ट्रिय सम्बन्धमा असन्तुलनको अवस्था देखिएका कारण अहिलेको अवस्था आएको जिकिर गरे ।

उनले निर्वाचन प्रणालीका कारण संयुक्त सरकार गठन गर्नुपर्ने र सरकार गठनका लागि जे पनि गर्ने दलहरुको प्रवृतिले जनतामा निराशा छाएको बताए । संयुक्त सरकारमा सहभागी हुँदा एउटा पार्टीलाई सुशासनको पक्षमा उभिन निकै गाह्रो भएको उनको भनाइ छ । महतले जेनजीलाई माध्यम बनाएर लोकतान्त्रीक पद्धती र देशलाई नै कमजोर पार्ने काम भएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

भर्खरै