नेभिगेशन
समाज

रास्वपाले यसकारण गर्दैछ बृहत् राजनीतिक संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौँमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग बृहत् छलफल आयोजना गर्दैछ। पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उपभासपति डा स्वर्णिम वाग्लेलाई सो छलफलको जिम्मेवारी तोकेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वैकल्पिक राजनीतिक शक्तिहरुसँग यस अघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन सो छलफलको कार्यक्रम आयोजना गरिएको हो ।  

Ncell
Extreme Energy

जेनजी आन्दोलन पछिको विकसित राजनीतिक घटनाक्रम र आन्दोलनको उपलब्धि रक्षा गर्नु पर्ने धारणा राख्नेहरू बैठकमा सहभागी हुने महामन्त्री बुर्लाकोटीले बताए ।

उनकाअनुसार पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुनेछ ।

यो बैठकलाई उनले रास्वपाले आयोजना गरेको नभई नेतृत्व लिएर समन्वय मात्रै गरेको पनि प्रष्ट्याए । बैठकका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा, जेनजीका विभिन्न समूह, बालेन पक्ष लगायत सहभागी हुनेछन् ।

एक भन्दा धेरै दल र समूहसँग समान धारणा र एजेण्डा बनाउन सो बैठक आयोजना गरिएको महामन्त्री बुर्लाकोटीले बताए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै