नेभिगेशन
मुख्य समाचार

रास्वपाले यसकारण गर्दैछ बृहत् राजनीतिक संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौँमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग बृहत् छलफल आयोजना गर्दैछ। पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उपभासपति डा स्वर्णिम वाग्लेलाई सो छलफलको जिम्मेवारी तोकेको थियो । 

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वैकल्पिक राजनीतिक शक्तिहरुसँग यस अघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन सो छलफलको कार्यक्रम आयोजना गरिएको हो ।  

CG

जेनजी आन्दोलन पछिको विकसित राजनीतिक घटनाक्रम र आन्दोलनको उपलब्धि रक्षा गर्नु पर्ने धारणा राख्नेहरू बैठकमा सहभागी हुने महामन्त्री बुर्लाकोटीले बताए ।

उनकाअनुसार पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुनेछ ।

यो बैठकलाई उनले रास्वपाले आयोजना गरेको नभई नेतृत्व लिएर समन्वय मात्रै गरेको पनि प्रष्ट्याए । बैठकका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा, जेनजीका विभिन्न समूह, बालेन पक्ष लगायत सहभागी हुनेछन् ।

एक भन्दा धेरै दल र समूहसँग समान धारणा र एजेण्डा बनाउन सो बैठक आयोजना गरिएको महामन्त्री बुर्लाकोटीले बताए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...