नेभिगेशन
मुख्य समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । 

कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ । 

Dish home
City Express

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । 

नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ । 

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ । 

यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय समावेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय समावेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन ।
काठमाडौं उपत्यकामा बिहानै देखि मध्यम वर्षा(तस्बिरहरु)

काठमाडौं उपत्यकामा बिहानै देखि मध्यम वर्षा(तस्बिरहरु)

पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी...
छबिलाल जोशीको तर्फबाट हटाइएपछि रवि लामिछानेको मुद्दामा सुनुवाई स्थगित

छबिलाल जोशीको तर्फबाट हटाइएपछि रवि लामिछानेको मुद्दामा सुनुवाई स्थगित

लामिछानेसँगै छबिलाल जोशीको मुद्दाको समेत सँगै सुनुवाई हुने भनिएको थियो । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएका कारण दुवै मुद्दा एकैसाथ राख्न...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, अन्तराष्ट्रिय उडान नयाँदिल्ली र लखनऊ डाइभर्ट

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, अन्तराष्ट्रिय उडान नयाँदिल्ली र लखनऊ डाइभर्ट

प्रवक्ता शेर्पाका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको...

भर्खरै