नेभिगेशन
समाज

विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछ । 

Ncell
Extreme Energy

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । 

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईले हालसम्म १५ पटक एक दिवसीय खेल खेलेको छ । जसमा नेपाल नौ खेलमा विजयी भएको छभने बाँकी ६ खेल युएईले जितेको छ । 

लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अङ्क जोडेर नेपाल सातौँ स्थानमा छ । समान खेल खेलेको युएई ६ अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

युएईविरुद्धको खेलको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...
बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले  विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्यु्त प्राधिकरणलाई निर्देशन दिएका छन् ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...