नेभिगेशन
मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । 

दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछ । 

CG

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । 

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईले हालसम्म १५ पटक एक दिवसीय खेल खेलेको छ । जसमा नेपाल नौ खेलमा विजयी भएको छभने बाँकी ६ खेल युएईले जितेको छ । 

लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अङ्क जोडेर नेपाल सातौँ स्थानमा छ । समान खेल खेलेको युएई ६ अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

युएईविरुद्धको खेलको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...