नेभिगेशन
मुख्य समाचार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, अन्तराष्ट्रिय उडान नयाँदिल्ली र लखनऊ डाइभर्ट

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उहाँले भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए ।

Dish home
City Express

प्रवक्ता शेर्पाका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ ।

आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्यापछि गोरखाका किसानमा चिन्ता

बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्यापछि गोरखाका किसानमा चिन्ता

गोरखा नगरपालिका–१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो ।
जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको मृत्यु, भाषण गर्दागर्दै ढलेका थिए

जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको मृत्यु, भाषण गर्दागर्दै ढलेका थिए

विद्युत बक्यौता नतिरेको भन्दै सरकारले उद्योग कलकारखानाको विद्युत काटेको विषयमा उद्योगी व्यावसायिले भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजना गरेको धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतमको  ...
अन्नपूर्ण आधार शिविरबाट १७ जना विदेशी सहित ७२ जना पर्यटकको उद्धार

अन्नपूर्ण आधार शिविरबाट १७ जना विदेशी सहित ७२ जना पर्यटकको उद्धार

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र बर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए...
सम्मानित हुनुपर्ने थिए छत्र तर गराईयो बदनाम

सम्मानित हुनुपर्ने थिए छत्र तर गराईयो बदनाम

‘यो देश कस्तो बनायौँ हामीले अब त सत्य पनि मर्न थाल्यो दाई’ छत्रले सिधाकुरासँग दुखेसो पोखे,‘मैले जस्तै अरुले पनि पहल गरेर हतियार बुुझाउन पाएको भए आज कति भयरहित...