नेभिगेशन
समाज

छबिलाल जोशीको तर्फबाट हटाइएपछि रवि लामिछानेको मुद्दामा सुनुवाई स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । बिगो बमोजिमको रकम बुझाई बाहिरै बसेर मुद्दाको पुपक्ष गर्न पाउँ भन्दै लामिछानेले दिएको निवेदनमा आजका लागि सुनुवाई तोकिएको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनुवाईका लागि उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलास तोकिएको थियो । 

Ncell
Extreme Energy

लामिछानेसँगै छबिलाल जोशीको मुद्दाको समेत सँगै सुनुवाई हुने भनिएको थियो । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएका कारण दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । 

तर छबिलाल जोशीको तर्फबाट लगाउ भएर मुद्दा हटाउँदा रवि लामिछानेको मुद्दाको सुनुवाई पनि स्थगित भएको हो । 

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा रुपन्देही अदालतले उनीहरुलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो । बिगो रकम बुझाएर बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिन पनि अस्वीकार गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज, उपविदेशमन्त्री रुडेन्को काठमाडौँमा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज, उपविदेशमन्त्री रुडेन्को काठमाडौँमा

नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ ।
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।