नेभिगेशन
समाज

हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ ।  प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार गएराति तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले धारिलो हरियार देखाइ निजसँग रहेको कालो रङको झोला लुटेर फरार रहको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरी वृत बालाजु बार्यालयबाट पीडितसँग समन्वयमार्फत मातहतमा चेकजाँच खडा गरी पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट जाँचमा खटिएका प्रहरी वरिष्ठ हवल्दार जीवन बुढाथोकी र प्रहरी सहायक हवल्दार कृष्णबहादुर बस्नेतले लुटिएको झोलासहित सामान र लुटपाटमा प्रयोग भएको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद रु तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको  कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरी वृत बालाजुमा राखी सोधपुछ थालिएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज, उपविदेशमन्त्री रुडेन्को काठमाडौँमा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज, उपविदेशमन्त्री रुडेन्को काठमाडौँमा

नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ ।