नेभिगेशन
समाज

पहिरो पन्छाएसंगै अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु, अन्य कहाँ–कहाँ अवरुद्ध ?

काठमाडौँ । पहिरो हटाएसंगै बिहीबार बिहानै देखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विभिन्न ठाउँका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड,  पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् । 

Ncell
Extreme Energy

यता, पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका प्रहरी प्रवक्ता विनोद घिमिरेले राससलाई बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।