नेभिगेशन
समाज

देशभर चर्किदै नर्सहरुको आन्दोलन, माग सुनुवाई नभए कडा कदम चाल्ने चेतावनी

काठमाडौँ । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका सवै अस्पतालका नर्सहरुले विरोध प्रदर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुलाई शुक्रबारदेखि सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरुले प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै हालसम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगाएतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स बिमला पौडेलले बताइन ।

शुक्रबार बिहान १० देखि १२ बजेसम्ममात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरुले कार्तिक १८ गते सम्म पनि आफ्ना मागहरुको कुनै पनि सुनुवाई नभए कडा आन्दोलन जान सक्ने बताएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई...
सुखद खबरको पर्खाइमा......

सुखद खबरको पर्खाइमा......

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार...
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...