नेभिगेशन
समाज

काठमाडौँ महानगरले भन्योः फोहोर बाटोमा नफाल्नु,घरमै सुरक्षित राख्नु

काठमाडौँ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा स्थानीयले अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले फोहरमैला घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर,कम्पाउण्डमा सुरक्षित तवरले राख्न आग्रह गरेको हो । 
महानगरको वातावरण विभागले जारी गरेको सूचनामा फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । यस अघिका सहमती कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर बोकेको गाडी बीच बाटोमै रोकिदिएका छन् । फोहोर बिसर्जन गर्न नदिइएपछि काठमाडौँमा फोहोरको समस्या फेरी बल्झिएको छ । 

Ncell
Extreme Energy

ktm-metro-suchana-1761898685.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...