नेभिगेशन
समाज

भदौ २३ र २४ को दिन नेपाली राजनीतिमा एक जुगमा एक पटक आएको दिनः डा बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा एक पटक आएको एक दिन भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काठमाडौँमा आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा बोल्दै डा. भट्टराईले उक्त दिन एतिहासिक भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पछिल्लो समय अफवाह फैलाएर बिद्रोहलाई धमिलो बनाउने प्रयास भएको बताउँदै होसियार बन्न सुझाव दिए । ‘नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा 
एक पटक आएको एक दिन हो । बिद्रोहलाई अफवाह फैलाएर धमिलो बनाउने प्रयास भएको छ। बिद्रोहपछि बनेको सरकार पनि हडबडाएको छ । पुरानै शक्ति बलियो हुने सम्भावना छ । होसियार बनौँ ।’ 

Ncell
Extreme Energy

उनले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको बताउँदै परिपक्व भएर नेतृत्व लिओस् भन्ने कामना गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक राजनीतिक शक्तिहरुसँग यस अघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन छलफलको कार्यक्रम आयोजना गरेको हो । छलफलको नेतृत्व पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गरेका छन् । 

सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...