नेभिगेशन
मुख्य समाचार

भदौ २३ र २४ को दिन नेपाली राजनीतिमा एक जुगमा एक पटक आएको दिनः डा बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा एक पटक आएको एक दिन भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काठमाडौँमा आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा बोल्दै डा. भट्टराईले उक्त दिन एतिहासिक भएको बताएका हुन् । 

उनले पछिल्लो समय अफवाह फैलाएर बिद्रोहलाई धमिलो बनाउने प्रयास भएको बताउँदै होसियार बन्न सुझाव दिए । ‘नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा 
एक पटक आएको एक दिन हो । बिद्रोहलाई अफवाह फैलाएर धमिलो बनाउने प्रयास भएको छ। बिद्रोहपछि बनेको सरकार पनि हडबडाएको छ । पुरानै शक्ति बलियो हुने सम्भावना छ । होसियार बनौँ ।’ 

City Express

उनले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको बताउँदै परिपक्व भएर नेतृत्व लिओस् भन्ने कामना गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक राजनीतिक शक्तिहरुसँग यस अघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन छलफलको कार्यक्रम आयोजना गरेको हो । छलफलको नेतृत्व पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गरेका छन् । 

सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष...
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले शुक्रबारनै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल...
आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन...