नेभिगेशन
समाज

धानबालीमा क्षति पुगेका पर्वतका कृषकलाई राहत दिइने

पर्वत । किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पुर्‍याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।

Ncell
Extreme Energy

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्याङ्कनका आधारमा राहत उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । 

“मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “धान परालमा भएको नोक्सानीको मूल्याङ्कन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ । यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकून् भन्ने पालिकाको उद्देश्य हो ।”  

कृषि ज्ञान केन्द्रले पर्वतका सातवटै स्थानीय तहमा धानबालीमा वर्षाले क्षति पुर्‍याएको जनाएको छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताए ।

काटेर सुकाएका निहिन भिजाएकोभन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएको सुवेदीको भनाइ छ ।

नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ । सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने बताउँदै क्षतिको विवरण सङ्कलनको काम भइरहेकाले अहिले नै यकिन तथ्याङ्क आइनसकेको बताए । उनले किसानलाई क्षतिपूर्तिका लागि केन्द्रले पहल गर्ने बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...