नेभिगेशन
मुख्य समाचार

मुस्ताङमा बाढी बस्तीमै पसेपछि १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा समेत क्षति

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढीले बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ ।

CG

अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए ।

तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको । यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुङ्गा खस्दा कार्यालय भवनमा आंशिक क्षति पुगेको छ ।

मनसुन सक्रिय रहेसँगै वर्षाले मुस्ताङका धेरैजसो स्थानका सडक अवरुद्ध भएका छन् । यस्तो अवस्थामा केही दिन मुस्ताङको यात्रा नगर्न वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गरेका छन् ।

   उपल्लो मुस्ताङमा हिमपात 

उपल्लो मुस्ताङका विभिन्न स्थानमा बिहीबार राति हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार अहिले सामान्य हिमपात भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा अहिले वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । 

यस्तै घरपझोङ र थासाङ गाउँपालिकामा पनि मङ्गलबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँका उच्चलेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा हिउँ पर्न नसकेको स्थानीय मनिता थकालीले जानकारी दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने...
काठमाडौँबाट युवराज सफल पक्राउ

काठमाडौँबाट युवराज सफल पक्राउ

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट  नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगको आग्रह

आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगको आग्रह

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजित निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद...
सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह)लाई नेकपामा समाहित गराउदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई...