नेभिगेशन
समाज

आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैनः जेन–जी अगुवा यादव

काठमाडौँ । जेन–जी अगुवामध्येका एक पुरुषोत्तम यादवले आन्दोलन सफल नहुँदासम्म आफूहरुलाई चुनाव नचाहिएको मत राखेका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा उनले अहिले आन्दोलनको माग र मर्म अनुसारको प्रतिफल नआएको गुनासो गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'आन्दोलनको माग र मर्म अनुसार प्रतिफल आएको छैन । आन्दोलन संस्थागत नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन । हामी आन्दोलनको माग पुरा नभएसम्म लडिरहन्छौ । आन्दोलनको माग पुरा नभएको अवस्थामा चुनाव मात्रै भएर केही हुँदैन ।’ यादवले भने । 

Ncell
Extreme Energy

उक्त कार्याक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेल बाहिरै बसेर मुद्द लड्न मिल्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे । रविमाथि अन्याए भएको भन्दै उनले अहिले रविको नेतृत्वमा सबै वैकल्पिक शक्ति एक हुनुपर्ने मत राखे । 

रास्वपाले आयोजना गरेको राजनीतिक संवाद बालुवाटारमा जारी छ । जसको नेतृत्व रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लले गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...