नेभिगेशन
समाज

‘मोन्था’ चक्रवातको सबै भन्दा बढी प्रभाव मोरङमा, आजबेलुकादेखि असर घट्दै जाने

काठमाडौँ । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

Ncell
Extreme Energy

यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ ।

सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ ।

दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ ।

बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले बिहीबार साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए । त्यसपछि भने सुधार हुँदै जानेछ ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने कतै धेरै भारी वर्षा भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।